Notice
Congratulations !!!
BBS/B.Ed. प्रथम वर्षको परिक्षा आवेदन फारम भर्ने सूचना ।
BBS 2nd Year Routine (4 Yrs and 3 Yrs BBS)
B.Ed. 2nd Year Routine (4 Yrs.)
B.Ed. 2nd Year Routine. (3 Years Program)
BBS/B.Ed. Second Year को छुट परिक्षा आबेदन फारम भर्ने सूचना
त्रिभुवन बिश्वबिद्धालयको सूचना अनुसार व्यवस्थापन र शिक्षाशास्त्र संकाय तर्फका ३ वर्षे र ४ वर्से स्नातक तह (BBS/B.Ed.) दोस्रो वर्षका नियमित (पूरा तथा आंशिक) मौका परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा आवेदन फारम भर्न छुट्न गएको भएमा त्यस्ता परीक्षार्थीहरूलाई यो सूचना प्रकाशित भएको मिति देखि नै दोब्बर दस्तुर सहित मिति २०७७ चैत्र १८ गते भित्र आवश्यक प्रक्रिया पु¥याई यस क्याम्पसमा परीक्षा आवेदन फारम भरि बुझाई सक्नु पर्नेछ । अन्यथा त्यस्ता फारम उपर क्याम्पसले कुनै कारवाही नगर्ने कुरा पनि सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएकोछ ।
BBS/B.Ed. तेस्रो बर्षको छुट परिक्षा आबेदन फारम बुझाउने सूचना
स्नातक तह, BBS/B.Ed. तेस्रो बर्षको परिक्षा आबेदन फारम बुझाउन छुट भएको भए मिति २०७७ माघ ५ गते भित्र दोब्बर दस्तुर बुझाएर भर्न सकिने ब्यहोरा सूचित गरिन्छ ।
BBS/B.Ed. दोस्रो वर्षको परीक्षा आवेदन फारम खुलेको सूचना ।
यस गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा अध्ययन गरी स्नातक तह, ३ वर्षे र ४ वर्षे BBS/B.Ed. दोस्रो वर्षको परीक्षा दिने परीक्षार्थीहरुको लागि वार्षिक प्रणाली अनुसार २०७७ सालमा सञ्चालन हुने नियमित तथा आंशिक परीक्षार्थीहरु र तीन वर्षे स्नातक तहको समय सिमा नाघेका मौका परीक्षा दिने विद्यार्थीहरुको हकमा २०७७ सालको वार्षिक परीक्षामा एक पटकको लागी मौका परीक्षामा सहभागी गराउने निर्णय बमोजिम नियमित, आंशिक र मौका परीक्षा दिने विद्यार्थीहरुले मिति २०७७ साल माघ ८ गतेसम्म र उक्त म्याद सकिएको एक हप्ता भित्र दोब्बर दस्तुर बुझाएर तपशिल बमोजिम परीक्षा आवेदन फारम भरी क्याम्पसमा बुझाउनुहुन अनुरोध गरिन्छ ।
तपशिल
१. परीक्षा आवेदन फारम भर्दा क्याम्पसको पोषाक लगाएको फोटो टाँस गर्नुपर्नेछ ।
२. परीक्षा आवेदन फारम बुझाउँदा क्याम्पसलाई हालसम्म बुझाउनु पर्ने शुल्कहरु बुझाएको हुनुपर्नेछ ।
३. परीक्षा आवेदन फारममा नियमित परीक्षार्थीले प्रथम वर्षको परीक्षा रोल नं. र आंशिक परीक्षार्थीले अघिल्लो वर्षको सोहि तहको परीक्षा रोल नं. अनिवार्य लेख्नुपर्नेछ ।
४. परीक्षा आवेदन फारममा त्रि.वि. रजिष्ट्रेशन नं. अनिवार्य लेख्नुपर्नेछ ।
५. तोकिएको समयभित्र परीक्षा आवेदन फारम नबुझाएमा क्याम्पस जवाफदेहि हुनेछैन ।
६. अन्य जानकारीका लागि क्याम्पस प्रशासन शाखामा सम्पर्क गर्नुहोला ।
क्याम्पस प्रशासन
GMMC, Pokhara.