यस क्याम्पसमा अध्ययनरत स्नातकोत्तर तह, व्यवस्थापन संकाय, (भर्ना वर्ष २०७७)MBS चौथो सत्रको परीक्षामा सम्मिलित हुन चाहने नियमित तथा आंशिक परीक्षार्थीहरुले मिति २०८० पुस १८ गतेभित्र परीक्षा आवेदन फारम भरी क्याम्पसको परीक्षा शाखामा बुझाउनु हुन सम्बन्धित सबैमा सूचित गरिन्छ ।

तपशिल

  • परीक्षा आवेदन बुझाउँदा नियमित परीक्षार्थीको हकमा तेस्रो सत्रको प्रवेशपत्र वा Result ledger को फोटोकपी बुझाउँनु पर्ने छ भने आशिंक परिक्षार्थीको हकमा चौथो सत्रको नियमित परीक्षाको Grade sheet को प्रतिलिपि अनिवार्यरुपमा परीक्षा फारम संगै संलग्न गर्नुपर्नेछ ।
  • परीक्षा आवेदन फारमसँगै क्याम्पसलाई बुझाउन बाँकी रहेका सम्पूर्ण शुल्क बुझाएको रसिद परीक्षा आवेदन फारमसँगै पेश गर्नुपर्नेछ ।
  • तोकिएको मिति भित्र परीक्षा आवेदन फारम नबुझाएमा क्याम्पस जवाफदेहि हुनेछैन र रीत नपुगेको फारमहरु बुझिने छैन ।

धर्मराज बराल
क्याम्पस प्रमुख