त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा सञ्चालित हुने वार्षिक परीक्षा प्रणाली अनुसार २०७४ सालको ३/४ वर्षे र मौका परीक्षा स्नातक तह, वी.वी.एस् र वी.एड्, द्वितीय वर्षको नियमित तथा आंशिक एवम् मौका परीक्षा दिने विद्यार्थीहरुका लागि वार्षिक परीक्षा आवेदन फारम खुलेको व्यहोरा सूचित गरिन्छ । तसर्थ यस क्याम्पसमा अध्ययनरत स्नातक तह द्वितीय वर्षका नियमित तथा आंशिक एवम् मौका परीक्षा दिने विद्यार्थीहरुले मिति २०७४ ज्येष्ठ ०२ गते कार्यालय समय विहान १० बजे भित्र अनिवार्य रुपमा परीक्षा आवेदन फाराम भर्नका लागि यो सूचना प्रकाशित गरिएको छ । मिति २०७४ ज्येष्ठ ८ गते सम्म परीक्षा आवेदन फारम बुझाएमा दोव्वर दस्तुर तिरी भर्न सकिनेछ ।
अन्य जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहोला ।