उपर्युक्त सम्बन्धमा यस क्याम्पसद्वारा वार्षिक रूपमा प्रदान गरिने गरिब, जेहेन्दार, दलित, जनजाति/मधेसी, महिला, भौगोलिक क्षेत्र र अपाङ्ग छात्रवृत्ति छनौटका लागि क्याम्पसमा अध्ययनरत सम्पूर्ण छात्र/छात्रालाई यही मिति २०७४ असार २० गतेभित्र आवश्यक रीत पु¥याई निवेदन पेश गर्न सूचित गरिन्छ ।
पुनश्च ः छात्रवृत्ति आवेदन फारम क्याम्पस प्रशासनबाट उपलब्ध गराइने छ ।
निवेदनका साथ पेश गर्नु पर्ने कागजातहरू
जेहेन्दार शीर्षकमा छात्रवृत्तिको निवेदन दिनेहरूले पेश गर्नुपर्ने कागजातहरू ः
१. +२ तहमा कम्तीमा प्रथम श्रेणीमा उत्तीर्ण भएको लब्धाङ्कपत्रको प्रतिलिपि (हाल प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूको हकमा मात्र)

२. आफूले अध्ययन पूरा गरेको मा.वि.मा सर्वोत्कृष्ट अङ्क ल्याएका विद्यार्थीले उक्त विद्यालयबाट
सर्वोत्कृष्ट अङ्क ल्याएको सिफारीस पत्र । (हाल प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूको हकमा मात्र)

३. त्रि.वि.वि. को वार्षिक परीक्षामा यस क्याम्पसबाट सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीले उक्त नतिजाको
लब्धाङ्कपत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ ।

अन्य शीर्षकको हकमा

४. अपाङ्ग शीर्षकमा आवेदन फारम भर्दा अपाङ्गताको प्रमाण पेश गर्नु पर्नेछ ।
५. अन्य शीर्षकमा कुनै क्षेत्रमा राष्ट्रियस्तरको पुरस्कार प्राप्त गरेकोलाई मानिनेछ ।
६ .प्रथम वर्षबाहेक अन्य तहको हकमा जेहेन्दार शीर्षकमा त्रि.वि.द्वारा लिइएको वार्षिक परीक्षामा उत्तीर्ण गरेका विद्यार्थीले मात्र रेजा लगाउने ।
७. जेहेन्दार शीर्षकमा प्रथम वर्षमा अध्ययनरत विद्यार्थीको हकमा उच्च माध्यमिक तहमा कम्तीमा प्रथम श्रेणीमा उत्तीर्ण भएका तथा आफुले अध्ययन पूरा गरेको मा.वि.मा सर्वोत्कृष्ट अङ्क ल्याएका विद्यार्थीहरूले मात्र रेजा लगाउने ।
………………
संयोजक
छात्रवृत्ति छनौट उप– समिति