कविता तथा गजल वाचन प्रतियोगित सम्बन्धी सूचना  उपर्युक्त विषयमा श्री गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको दशौँ वार्षिकोत्सवको अवसरमा निम्न मिति, समय र स्थानमा कविता तथा गजल वाचन प्रतियोगिता आयोजना गरिएकाले उक्त कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण विद्यार्थीमा हार्दिक अनुरोध गरिन्छ ।

कार्यक्रम

मिति ः २०७४ साल पौष १७ गते

समय ः बिहान ८ बजेदेखि १० बजेसम्म

स्थान ः क्याम्पसको सभाहल

प्रतियोगिता सम्बन्धी नियमहरू

  • कविता र गजल दुवैको छुट्टाछुट्टै मूल्याङ्कन हुनेछ र सोही अनुसारको पुरस्कारको व्यवस्था गरिनेछ ।
  •  गजल गजलकै शास्त्रीय पद्धति र कविता बढीमा २०० शब्दको पद्य, लोक वा मुक्त लयमा रचना गरिएको हुनु पर्नेछ ।
  • प्रतियोगितामा एक जना प्रतियोगीले दुवै विधामा सहभागिता जनाउन पाइने छ ।
  • प्रतियोगीले यही मिति २०७४ पौष १६ गतेसम्म क्याम्पस प्रशासन वा कार्यक्रम संयोजक समक्ष आफ्नो रचनासहित नाम दर्ता गर्नुपर्नेछ ।

कार्यक्रम संयोजक