पोखराको छोरेपाटनमा अवस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसद्वारा स्नातक तह बि.बि.एस.÷बि.एड.चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई दुई दिने स्थलगत भ्रमण सम्पन भयो । यहि पौष ६ र ७ गते  Extension and Outreach Cell को आयोजनामा सम्पन्न उक्त भ्रमणको नेतृत्व सेलका संयोजक दुर्गानाथ पौडेलले गर्नुभएको थियो भने शिक्षक योगराज शर्मा पनि उक्त भ्रमणमा सहभागी हुनुहुन्थ्यो । सातजना छात्र तथा बिसजना छात्रा सहभागी रहेको उक्त भ्रमण लमजुङ जिल्लाको पर्यटकीय गाउँ, घलेगाउँमा भएको थियो ।

गाउँले जनजिवन, घरबासको ब्यबस्थापन प्रकृया, प्रकृतिसंगको साक्षातकार, सुन्दर अन्नपूर्ण हिमश्रृंखलासंगको सामिप्यताको अनुभुति तथा मध्यपहाडी लोकमार्ग तथा त्यस मार्ग वरपरका स्थानको अवलोकन गर्नु मुख्य उद्देश्य रहेका थियो ।