यस क्याम्पसले मिति २०७४/०२/२१ र २०७४/०४/०६ गतेका सूचनाका आधारमा आ.व. ०७३/०७४ को छात्रवृत्तिका विभिन्न शीर्षकहरूमध्ये संस्थाको नियमानुसार जेहेन्दार शीर्षकमा क्याम्पसको शिक्षण शुल्कमा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको नामावली क्याम्पसको सूचना पाटीमा प्रकाशन गरिएको छ । अन्य शीर्षकमा छात्रवृत्तिको आवेदन दिएका विद्यार्थीहरूले निम्न मिति र समयमा हुने अन्तर्वार्तामा अनिवार्य उपस्थित हुन अनुरोध छ । कुनै कारणबस उक्त अन्तर्वार्तामा समाबेश नहुने विद्यार्थीको पुनः अन्तर्वार्ता लिन क्याम्पस बाध्य हुने छैन ।
अन्तर्वार्ताको समय तालिकाः
# मिति २०७४/०४/२२ भर्ना वर्ष ०७० र ०७१ का शिक्षाशास्त्र तथा व्यवस्थापन सङ्काय,
# मिति २०७४/०४/२३ र २४ भर्ना वर्ष ०७२ का शिक्षाशास्त्र तथा व्यवस्थापन सङ्काय,
# मिति २०७४/०४/२५, २६ र २७ भर्ना वर्ष ०७३ का शिक्षाशास्त्र तथा व्यवस्थापन सङ्काय,
समय ः विहान ८ बजे देखि १० बजेसम्म
संयोजक
छात्रवृत्ति उप–समिति