यस क्याम्पसमा अध्ययनरत स्नातक तह, प्रथम वर्षका विद्यार्थीहरुले त्रि.वि. रजिष्ट्रेशन फारम भर्नु पर्ने भएकाले मिति २०७३ माघ १० गते भित्र उक्त फारम भरी क्याम्पस प्रशासनमा बुझाउन हुनका लागि यो सूचना जारी गरिएको छ । कुनै पनि विद्यार्थीले रजिष्ट्रेशन फारम नभरी छुट भएमा विद्यार्थी स्वयम् जिम्मेवारी हुने छन् ।
आवश्यक कागजातहरु
१. S.L.C. Markshet कोप्रतिलिपि
२. S.L.C. Character Certificate को प्रतिलिपि
३. +2  को Transcript को प्रतिलिपि
४. +2 को Character Certificate को प्रतिलिपि
५. HSEB को Provisional Certificate को प्रतिलिपि
६. HSEB को Migration Certificate को सक्कल प्रति

(उक्त कागजातहरु २/२ प्रति, क्रमबद्ध रुपमा मिलाएर २ सेट बनाइ बुझाउनु पर्ने छ ।)
अन्य जानकारी
१. रजिष्ट्रेशन फारमको शुल्क रु. ५०० लाग्ने छ ।
२. रजिष्ट्रेशन फारममा क्याम्पस पोषाक लगाएकोे फोटो टास्नु पर्ने छ ।
३. फारम बुझाउदा २०७३ पुष महिना सम्मको मासिक शुल्कहरु बुझाएको हुनु पर्ने छ ।