पोखरा : गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा निहित अनुसन्धान तथा प्रकाशन समितिको आयोजनामा कास्कीको लुम्ले कृषि अनुसन्धान केन्द्रमा यहि असार २३ र २४ गते द्विदिवसीय अनुसन्धानमूलक कार्यशाला गोष्ठी सम्पन भएको छ ।

क्याम्पसमा अध्यापनरत प्राध्यापकहरुको बौद्धिक तथा प्राज्ञिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम अनुसन्धान तथा प्रकाशन समितिका संयोजक लालमणि पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. विद्यानाथ कोइराला, पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा. विकास के.सी. र देवीलाल शर्माले सहजीकरण गरेको उक्त कार्यक्रमको सञ्चालन समितिका सदस्य मोहन भण्डारीले गरेका थिए । कार्यक्रम बारे बोल्दै क्याम्पस प्रमुख मनोरञ्ज शर्माले यस्ता अनुसन्धानात्मक गोष्ठीले संस्थामा कार्यरत अध्यापकहरुको प्राज्ञिक तथा अनुसन्धानात्मक कार्यकुशलता अभिवृद्धि हुने कुरा बताउनुभयो ।

दुई दिनसम्म सञ्चालित उक्त कार्यक्रममा संस्थामा कार्यरत २० जना प्राध्यापकहरुको सहभागिता रहेको थियो ।image