पोखरा चैत्र २३, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा स्नातक तह, वी.एच.एम. तथा वी.आइ.एम. प्रथम सत्रका विद्यार्थीका लागि उत्प्रेरण तथा पुर्नताजगी कार्यक्रम धम्पुसमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट क्याम्पस प्रमुख धर्मराज बरालले विद्यार्थीले अध्ययनका साथ नयाँ नयाँ विषयवस्तुको ज्ञान प्राप्त गर्नका लागि क्याम्पसले समय समयमा विद्यार्थीलाई उत्प्रेरणा तथा पुर्नताजगी कार्यक्रम सञ्चालन गर्दै आएको कुरा राख्नु भएको थियो । विद्यार्थीले क्याम्पससँग केहि आवश्यकता भए निर्धक्कसँग आफ्ना कुराहरु राख्नका लागि अभिप्ररित गर्नुभएको थियो ।

वी.एच.एम. कार्यक्रमका संयोजक जितेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सुरेन्द्रबाबु तिवारीले गर्नुभएको थियो भने स्वागत् मन्तव्य वी.आइ.एम. कार्यक्रम संयोजक सुरेशकुमार बरालले गर्नुभएको थियो ।