पोखरा, ८ फागुन/ गुप्तेश्वर महादेब बहुमुखी क्याम्पसमा भएको आइटि क्वीजमा अमरसिहं मावि पहिलो भएको छ । पोखरा महानगरस्तरीय आइटि क्वीजमा पोखरा १७ को छोरेपाटन मावि दोस्रो हुदाँ सृजना मावि तेस्रो हुन सफल भयो ।

अमरसिहं माविले पहिलो हुदै नगद ६ हजार, दोस्रो छोरेपाटनले ४ हजार र तेस्रो सृजनाले ३ हजार नगद, प्रमाणपत्र र मेडल प्राप्त गरे । पोखरा महानगरपालिकाको १६ वटा विद्यालयले भाग लिएकामा एउटा विद्यालयबाट ३ जना विद्यार्थी सहभागी थिए ।

विजेताहरुलाई गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष श्रीराम सुबेदी, क्याम्पस प्रमुख धर्मराज बराल, क्याम्पसका अनुसन्धान विभाग प्रमुख मोहन भण्डारी लगायतले पुरस्कार वितरण गरे ।

सञ्चालक समितिका अध्यक्ष सुबेदीले पछिल्लो समय प्रविधिको प्रयोग बढ्दै गएको बताउदै उनले आफुहरुले क्याम्पसमा पनि त्यसको अध्यापन गराउदै आएको बताए । उनले विश्वलाई नै अहिले प्रविधिले नजिक बनाएको बताए ।

क्वीजको विआइएम छैटौसत्रका विद्यार्थीहरुले सहजिकरण गरेका थिए । विद्यार्थीहरुमा आइटि सम्बन्धी शिक्षा बढाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको बिआइएम संकाय प्रमुख सुरेश बरालले जानकारी दिए । क्याम्पसमा बिआइएम, बिएचएम, विएड, विविएस र एमविएसको पढाइ हुदै आएको छ ।