गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस ( GMMC ), छोरेपाटन पोखरा -१७ कास्की र आदिकवि भानुभक्त क्याम्पस तनहुँ बिच शुक्रबार दिउँसो २ बजे GMMC सभाहल, छोरेपाटनमा संस्थागत सहकार्यमा सम्झौता (Memorendum of Understanding) मा हस्ताक्षर भएको छ । विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यायन(QAA) मान्यता प्राप्त गरेका यी दुईटै क्याम्पस तनहुँ र कास्की जिल्लाका उच्च शिक्षाको लोकप्रिय गन्तव्य मानिन्छन्। सम्झौतामा दुई क्याम्पसका बीचमा प्राध्यापकहरूको अनुभवको आदानप्रदान, शोध तथा अनुसन्धानमा संयुक्त लगानीमा अनुसन्धान, शैक्षिक र सांस्कृतिक तथा व्यावहारिक ज्ञान आदान प्रदानका लागि विद्यार्थीहरूलाई अवसर सिर्जना गर्ने,दुवै क्याम्पसका ग्राजुएट विद्यार्थीहरूले क्याम्पसमा विद्यार्थी भर्ना हुन चाहेमा सहुलियत र छात्रवृत्ति प्रदान गर्ने बुदा उल्लेख छन् । सम्झौतामा ABC का तर्फबाट क्याम्पस महाप्रसाद हड्खले र GMMC का तर्फबाट क्याम्पस प्रमुख धर्मराज बरालले हस्ताक्षर गर्नुभएको थियो। उक्त अवसरमा GMMC सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदी, सोध तथा अनुसन्धान समितिका अध्यक्ष मोहन भण्डारी, जिएमएमसिका आन्तरिक गुणस्तर सुनिश्चिता मूल्याङ्कन समितिका संयोजक राजकुमार सुवेदी, बाह्य सम्बन्ध र विस्तार समितिका संयोजक दुर्गानाथ पौडेल, बिएचएम कोर्डिनेटर जितेन्द्र थापा, Room division प्रमुख आशिस पौडेल GMMC सेफ प्रकाश अर्याल ,एविसिका होटल व्यवस्थापनका संयोजक अरविन थापा र सहायक प्राध्यापक धनबहादुर थापा समेतको उपस्थिति रहेको थियो।

सायद ९ जना मानिसहरू, अध्ययन गरिरहेका मानिसहरू र 'Welcome W elcome' भन्ने पाठ को फोटो हुनसक्छ

सायद ८ जना मानिसहरू र लाइटिङ को फोटो हुनसक्छ