मकवानपुर बहुमुखी क्याम्पस र गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखरा विच आज यहि पुष २२ गते मङ्गलबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त अन्तरक्रिया कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पस र गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका सञ्चालक समिति प्राध्यापक र कर्मचारीको सहभागिता रहेको थियो । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको भ्रमण समुहले मकवानपुर बहुमुखी क्याम्पसको भौतिक निर्माण, शैक्षिक र प्रशासनिक पूर्वाधार अवलोकन गर्नुका साथै क्याम्पसको शैक्षिक, अनुसन्धान, जर्नल प्रकाशन, आर्थिक, भौतिक र प्रशासनिक गतिविधि माथि केन्द्रित रही अन्तरक्रिया गरिएको थियो।
उक्त अन्तरक्रियामा मकवानपुर बहुमुखी क्याम्पसले दोस्रोपटक क्युएए (QAA) प्राप्त गर्न गरेका प्रयत्नहरू सम्बन्धमा समेत छलफल भएको थियो। हाल मकवानपुर बहुमुखी क्याम्पस तेश्राे पटक क्युएए (QAA) लिने प्रकृयामा रहेको छ । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको भ्रमण समूहमा क्याम्पसका सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदी, उपाध्यक्ष ऋतुनाथ लम्साल, कोषाध्यक्ष युवक लामिछाने, क्याम्पस सञ्चालक समितिका सदस्यहरू – ईश्वरी प्रसाद लम्सल, राजन अधिकारी, ज्ञाज शर्मा, उत्तम सिग्देल, कृष्ण पोखरेल, विजयराज आचार्य, नारायण प्रसाद बराल, क्याम्पस प्रमुख धर्मराज बराल, आईक्यूएसी प्रमुख राजकुमार सुबेदी र लेखा अधिकृत महेश्वर ढकालको सहभागिता रहेको थियो ।
उक्त भ्रमण समुहले मकवानपुर बहुमुखी क्याम्पसको क्याम्पस सञ्चालक समितिका का. बा. अध्यक्ष अशोक शाक्य, निवर्तमान अध्यक्ष डाेरमणी पाैडेल, क्याम्पस संचालक समितिका सदस्यहरु बद्री प्रसाद लम्साल , बिष्णु प्रसाद दाहाल, डा. कृष्ण धिताल, प्रमाेद सिंह रानाभाट (मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष) क्याम्पस प्रमुख डा. यम बहादुर सिलवाल, निवर्तमान क्याम्पस प्रमुख प्रा. डा. शंकर प्रसाद उपाध्याय, स्ववियु अध्यक्ष प्रसिद्ध रेग्मी, सहायक क्याम्पस प्रमुखहरु संगम चाैलागाई, उत्तम अर्याल र दिनेश विडारी, प्रशासक निरंजन पराजुली, विभागीय प्रमुख, प्राध्यापक र कर्मचारीहरूसँग अन्तरक्रिया गरेको थियो।
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र मकवानपुर बहुमुखी क्याम्पस बीच संस्थागत सहकार्यको सम्झौता तीन वर्ष पहिले नै सम्पन्न भइसकेको थियो । दुई क्याम्पसहरु बीच विगत ३ वर्षदेखि प्राध्यापक, कर्मचारी र विद्यार्थीको तहमा शैक्षिक अध्ययन अवलोकन भ्रमण, विद्यार्थी तथा प्राध्यापकका लागि आयोजना हुने तालिम, गोष्ठी, सम्मेलन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनारमा सहकार्य हुँदै आइरहेको छ।
मकवानपुर बहुमुखी क्याम्पस तेस्रो पटक क्युए प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा रहेको छ भने गुप्तेश्वर महदेब बहुमुखी क्याम्पस दोस्रोपटक क्यूएए प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा आफूलाई अगाडि बढाउँदै आइरहेको छ । दुवै क्याम्पसहरू आआफ्नो प्रदेशका गुणस्तरीय सामुदायिक क्याम्पसहरूको हैसियतमा आफूलाई स्थापित गर्न प्रयत्नरत रहेकाछन्। यस प्रकारका भ्रमण तथा अन्तरक्रियाले आपसी सिकाई र गुणस्तर अभिवृद्धिमा मद्दत पुगेको दुबै क्याम्पसहरुले महसुस गरेका छन।