पोखरा २१, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा मिति २०८१ साउन २१ गते “Green products and digital marketing ” कार्यक्रम सम्पन्न भएको छ । स्नातक तह, व्यवस्थापन संकाय, वी.आइ.एम. पाँचौ सत्रका विद्यार्थीको आयोजनामा “Green products and digital marketing ” विषयक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको सहकार्यको भूमिकामा वी.वी.एस. तेस्रो सत्रका विद्यार्थीहरु रहेको थिए । कार्यक्रममा शुभकामना मन्तव्य वी.आइ.एम. कार्यक्रमका कार्यक्रम संयोजक सुरेशकुमार बरालले राख्नु भएको थियो ।
विद्यार्थीद्वारा विद्यार्थीलाई सिकाइको उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रम सहायक क्याम्पस प्रमुख मोहन भण्डारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि रहनु भएका क्याम्पस प्रमुख श्री धर्मराज बरालले यस्ता किसिमका कार्यक्रमले क्याम्पसको गरिमा उच्च रहने साथै विद्यार्थीहरुका यस्ता कार्यक्रमलाई क्याम्पसले सधै प्राथमिकता दिनुपर्ने बताउनु भएको थियो ।
वी.वी.एस./वि.एड. प्रथम वर्षका विद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रमको सञ्चालन विद्यार्थी समिर थापाले गरेका थिए ।सायद ४ जना मानिसहरू, अध्ययन गरिरहेका मानिसहरू, पुस्तक  र पाठ को फोटो हुनसक्छसायद ४ जना मानिसहरू, अध्ययन गरिरहेका मानिसहरू, टेबल  र पाठ को फोटो हुनसक्छ
सायद 1 व्यक्ति  र स्कर्पियन ग्रास को फोटो हुनसक्छ