गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा अध्ययनरत स्नातक तह, व्यवस्थापन संकाय, वी.आइ.एम. कार्यक्रम आठौ सत्रका विद्यार्थीको सूचना प्रविधि क्षेत्रको अध्ययन/अवलोकन भ्रमण सम्पन्न भएको छ ।

मिति २०८१ वैशाख २३ गतेदेखि २५ गतेसम्म तीन दिवसीय भ्रमण कार्यक्रमका संयोजक शिक्षक सुरेशकुमार बरालको नेतृत्वमा भएको थियो भने सो कार्यक्रममा १७ जना विद्यार्थी सहभागी भएका थिए । विद्यार्थीले काठमाण्डौंमा अवस्थित Doorshikshya Education Network, ORKA Social PVT. LTD. तथा F1Soft International PVT. LTD. संस्थाको अध्ययन गरेका थिए ।

विद्यार्थीले उक्त संस्थाहरुमा सूचना प्रविधि क्षेत्रमा कसरी काम गर्ने, उपकरण बारेमा जानकारी, सफ्ट्वयर विकास, वेभ विकास साथै विश्वव्यापी आइ.टी. पाठ्यक्रम सम्बन्धी जानकारी लिएका थिए । सो कार्यक्रममा विद्यार्थीले Doorshikshya Education Network का Chief Operation Officer प्रतिक भूषालसँग अन्तरक्रिया गरेका थिए । त्यसै गरी ORKA Social PVT. LTD.का संस्थापक रामबाबु थापा र F1Soft International PVT. LTD. का मानव विकास संशाधन संयोजकसँग समेत अन्तरक्रिया गरेका थिए ।