थाइल्याण्डमा अवस्थित सिनावत्र विश्वविद्यालय र गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरा बिच २०८१ वैशाख २५ गते अनलाईन माध्यमबाट सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै सिनावत्र विश्वविद्यालयका अध्यक्ष Associate Professor Dr. Zhou Fei ले सम्झौता पत्रमा भएका विषयहरुको बारेमा स्पष्ट पार्नुभएको थियो । त्यसै गरी गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मराज बरालले उद्घाटन मन्तव्य राख्दै शैक्षिक सहकार्य गरी आफ्ना शैक्षिक अनुभवहरु आदन प्रदान गर्दा शैक्षिक संस्थाका उन्न्यनका साथै विद्यार्थी र शिक्षकलाई नयाँ परिवेशका बारेमा ज्ञान हासिल गर्न सकिने बताउनु भएको थियो । उहाँले पर्यटनको क्षेत्रमा स्वायत्त कार्यक्रमका लागि पाठ्यक्रम संयुक्त रुपमा तयार गरी दुवै संस्थामा अध्यापन गराउन सकिने विषयमा जोड दिनुभएको थियो ।

उक्त कार्यक्रममा शैक्षिक सहकार्य,Faculty Exchange Program, पेशागत विकास, अनुसन्धानात्मक सहकार्य र ज्ञान साथै स्रोतको सहकार्यका लागि सम्झौता गरिएको थियो । उक्त सम्झौता पत्रमा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख धर्मराज बराल, अनुसन्धान व्यवस्थापन समितिका संयोजक मोहन भण्डारी र सिनावत्र विश्विद्यालयका अध्यक्ष Associate Professor Dr. Zhou Fei र सोहि विश्वविद्यालयका व्यवस्थापन संकायका डीन Dr. Sarana Photchanachan ले हस्ताक्षर गर्नुभएको थियो ।

 

कार्यक्रमको समापन सत्रमा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको तर्फबाट मोहन भण्डारी र सिनावत्र विश्वविद्यालयका तर्फबाट डा. प्रतिक्षा भण्डारीले समापन मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सिनवत्र विश्वविद्यालयका Dr. Venus Dennen ले गर्नुभएको थियो ।