उपर्युक्त सम्बन्धमा यस क्याम्पसद्वारा वार्षिक रूपमा प्रदान गरिने खुला तथा समावेशी (गरिब, दलित, जनजाति/मधेसी, महिला, भौगोलिक क्षेत्र र अपाङ्ग) छात्रवृत्ति छनौटका लागि क्याम्पसमा स्नातक तह व्यवस्थापन र शिक्षा सङ्कायमा अध्ययनरत सम्पूर्ण छात्र/छात्रालाई यही मिति २०७६ ज्येष्ठ मसान्तभित्र आवश्यक रीत पु¥याई निवेदन पेश गर्न सूचित गरिन्छ ।

पुनश्च ः छात्रवृत्ति आवेदन फारम क्याम्पस प्रशासनबाट उपलब्ध गराइने छ ।

निवेदनका साथ पेश गर्नु पर्ने कागजातहरू
खुला (जेहेन्दार) शीर्षकमा छात्रवृत्तिको निवेदन दिनेहरूले पेश गर्नुपर्ने कागजातहरू ः
१. +२ तहमा कम्तीमा व्यवस्थापन सङ्कायका लागि CGPA २.८० र शिक्षा सङ्कायमा CGPA २.४१ ल्याई उत्तीर्ण भएको लब्धाङ्कपत्रको प्रतिलिपि (हाल प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूको हकमा मात्र)

२. आफूले अध्ययन पूरा गरेको मा.वि.मा सर्वोत्कृष्ट अङ्क ल्याएका विद्यार्थीले उक्त विद्यालयबाट
सर्वोत्कृष्ट अङ्क ल्याएको सिफारिस पत्र । (हाल प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूको हकमा मात्र)

३. त्रि.वि.वि. को अघिल्लो वर्षको वार्षिक परीक्षा र यस क्याम्पसले लिएको आन्तरिक परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याएको नतिजाको लब्धाङ्कपत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ ।

समावेशी शीर्षकको हकमा
४. अपाङ्ग शीर्षकमा आवेदन फारम भर्दा अपाङ्गताको प्रमाण पेश गर्नु पर्नेछ ।
५. प्रथम वर्षसहित अन्य वर्षको हकमा खुला शीर्षकमा त्रि.वि.द्वारा लिइएको वार्षिक परीक्षा (प्रथम वर्षबाहेक) र क्याम्पसले लिएको आन्तरिक परीक्षामा उत्तीर्ण गरेका विद्यार्थीले मात्र रेजा लगाउने ।
६. खुला (जेहेन्दार) शीर्षकमा प्रथम वर्षमा अध्ययनरत विद्यार्थीको हकमा माध्यमिक तहमा कम्तीमा व्यवस्थापन सङ्कायका लागि CGPA २.८० र शिक्षा सङ्कायमा CGPA २.४१ ल्याई उत्तीर्ण भएका तथा आफूले अध्ययन पूरा गरेको मा.वि.मा सर्वोत्कृष्ट अङ्क ल्याएका विद्यार्थीहरूले मात्र रेजा लगाउने ।

………………
संयोजक
छात्रवृत्ति छनौट उपसमिति