उपर्युक्त सम्बन्धमा यस क्याम्पसद्वारा वार्षिक रूपमा प्रदान गरिने जेहेन्दार, गरिब, दलित, जनजाति/मधेसी, महिला, भौगोलिक क्षेत्र र अपाङ्ग छात्रवृत्ति छनौटका लागि क्याम्पसमा अध्ययनरत स्नातक तहका इच्छुक छात्र/छात्रालाई यही मिति २०७५ असार ८ गतेभित्र आवश्यक रीत पु¥याई निवेदन पेश गर्न सूचित गरिन्छ ।

पुनश्च ः  छात्रवृत्ति आवेदन फारम क्याम्पस प्रशासनबाट उपलब्ध गराइने छ ।
निवेदनका साथ पेश गर्नु पर्ने कागजातहरू
जेहेन्दार शीर्षकमा छात्रवृत्तिको निवेदन दिनेहरूले पेश गर्नुपर्ने कागजातहरू ः

१. +२ मा कम्तीमा प्रथम श्रेणीमा उत्तीर्ण भएको लब्धाङ्कपत्रको प्रतिलिपि (हाल प्रथम वर्षमा                 अध्ययनरत विद्यार्थीहरूले मात्र )
२. आफूले अध्ययन पूरा गरेको +२ मा सर्वोत्कृष्ट अङ्क ल्याएका विद्यार्थीले उक्त विद्यालयबाट    सर्वोत्कृष्ट अङ्क ल्याएको सिफारिस पत्र । (हाल प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूको हकमा मात्र)
३. त्रि.वि.द्वारा लिइएको वार्षिक परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले प्रत्येक तहको नतिजाको लब्धाङ्कपत्र र क्याम्पसले लिएको आन्तरिक परीक्षामा उत्तीर्ण गरेका (सबै तहका ) विद्यार्थीले रेजा लगाउने ।

अन्य शीर्षकको हकमा
४. अपाङ्ग शीर्षकमा आवेदन फारम भर्दा अपाङ्गताको प्रमाण पेश गर्नु पर्नेछ ।

५. अन्य शीर्षकमा कुनै क्षेत्रमा राष्ट्रियस्तरको पुरस्कार प्राप्त गरेकोलाई मानिनेछ ।

संयोजकछात्रवृत्ति छनौट उप– समिति