उपर्युक्त सम्बन्धमा यस क्याम्पसका शिक्षाशास्त्र तथा व्यवस्थापन सङ्कायका बीएड् र बीबीएस् प्रथम वर्ष शैक्षिक सत्र २०७९/८० मा हुन भर्ना हुन इच्छुक छात्रछात्राका निम्ति समावेशी (महिला, जनजाति, दलित, पिछडिएको भौगोलिक क्षेत्र, अपाङ्ग आदि) कोटामा छात्रवृत्ति आह्वान गरिएकाले सम्बद्ध छात्रछात्राका निम्ति यो सूचना सम्प्रेषण गरिएको छ ।

छात्रवृत्ति प्रदान गरिने कार्यक्रम / छात्रवृत्ति सङ्ख्या:

  1. स्नातक चार वर्षे बीएड् ५
  2. स्नातक चार वर्षे बीबीएस् १०

आवेदन दिने अन्तिम मितिः २०७९ असोज ७ गतेसम्म परीक्षा मितिः २०७९ असोज ९ गते समयः बिहान ठीक ८ बजे

नोटः (आवेदन शुल्क लाग्ने छैन, छात्रवृत्तिको आवेदन फारम क्याम्पस प्रशासन वा दिइएको लिंकः बाट प्राप्त गर्न सकिने छ । जेहेन्दार छात्रवृत्ति क्याम्पसको नियमानुसार हुनेछ ।)