गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा “Case Diagnosis and Analysis Competition” कार्यक्रमको शुक्रबार सम्पन्न भएको छ । व्यवस्थापन संकाय एम.वी.एस. कार्यक्रममा अध्ययनरत विद्यार्थी विच प्रतिस्पर्धा गरीएको कार्यक्रममा विद्यार्थीले लेखन तथा प्रस्तुतीकरण गरेका थिए ।

उक्त २ दिवसीय कार्यक्रममा कन्या क्याम्पस पोखराका ममता वास्तोला, शैव्या जोशी र विनिता सुवेदीको समुह प्रथम स्थान हासिल गर्न सफल भएका थिए । त्यसै गरी गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका मनु थापा, सुमन ढकाल र प्रतिक क्षेत्रीको समुह द्वितीय स्थान प्राप्त गर्न सफल भएका थिए भने तृतीय स्थान हासिल गर्न आदिकवी भानुभक्त क्याम्पसका विद्यार्थी सुनिता राना, पुजा भण्डारी र सविना श्रेष्ठको समुह सफल भएका थिए ।

प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने समुहलाई क्रमशः पाँचहजार, चारहजार र तीनहजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिएको थियो । कार्यक्रममा विज्ञका रुपमा रहनु भएका प्रा.डा. उमेशसिंह यादवले विद्यार्थीको प्रस्तुती माथि छलफल तथा पृष्ठपोषण गर्नुभएको थियो ।

क्याम्पस प्रमुख धर्मराज बरालले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो । कार्यक्रम संयोजक तथा आइ. क्यू.ए.सी. प्रमुख राजकुमार सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदील प्रमुख अतिथिका रुपमा रहनुभएको थियो भने बाह्य क्रियाकलाप संयोजक दुर्गानाथ पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।