यस क्याम्पसमा शिक्षाशास्त्र सङ्कायतर्फ स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूले अध्यापन अभ्यास कार्यक्रम (Teaching Practice-440) मा सहभागी हुन निम्नानुसार आवेदन फारम भरी बुझाउनुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ । आवेदन फारम क्याम्पस प्रशासनबाट उपलब्ध हुनेछ ।

दरखास्त फारम भर्ने अवधिः– २०७५ चैत्र २९ देखि २०७६ बैशाख ३० गतेसम्म ।

आवश्यक कागजातहरू
१. चौथो वर्षको परीक्षा प्रवेशपत्रको प्रतिलिपि
२. पासपोर्ट साइजको १ प्रति फोटो
३. लेखाशाखामा रु. १०००÷ तिरेको रसिद
पुनश्च ः सम्पूर्ण विद्यार्थीहरूले आ–आफ्नो विषयको प्रयोगात्मक कार्य तथा प्रतिवेदन तयार गरी विषय शिक्षकलाई मिति २०७६ बैशाख ३१ सम्म बुझाउनुहुन अनुरोध गरिन्छ ।

विभागीय प्रमुख
अध्यापन अभ्यास विभाग