सद्घार्थ इन्सुरेन्स कम्पनी, मानव संसाधन विभागद्वारा बजार ब्यवस्थापक पदमा सिधा अन्तरवार्ता मार्फत छनोट गरी रोजगारी दिने उद्देश्यले २०८० भाद्र ३० गते आईतबार बिहान ७ः०० बजे देखी यस गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा MBS दोस्रो सेमेष्टर तथा BBS तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी अन्तरवार्ता संचालन गरिएको छ ।
MBS दोस्रो सेमेष्टरमा अध्ययनरत १५ जना तथा BBS तेस्रो वर्षमा अध्ययनरत २५ जना ईच्छुक विद्यार्थी उक्त अन्तवार्तामा सहभागी भएको क्याम्पसका तर्फबाट उक्त कार्यक्रमलाई संयोजन गर्नु भएका IQAC प्रमुख राजकुमार सुवेदीले जानकारी दिनुभयो ।