वातावरण दिवसको पावन अवसरमा जेठ २३ गते गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । गुप्तेश्वर सिजर्नशिल मञ्चका विद्यार्थीहरुले क्याम्पस वरपर सरसफाइ गरेका थिए ।

कार्यक्रममा करिव ५० जना विद्यार्थी सहभागी भएका थिए । कार्यक्रम संयोजक दुर्गानाथ पौडेलले कार्यक्रमको नेतृत्व गर्नुभएको थियो भने विद्यार्थी मञ्चका अध्यक्ष शिवम शाहीले कार्यक्रमको व्यवस्थापन गर्नुभएको थियो ।