मध्यबिन्दु बहुमुखी क्याम्पस र गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस विच सहकार्यको सम्झौता
मध्यबिन्दु बहुमुखी क्याम्पस र गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखरा विच यहि पुष २३ गते बुधबार दुवै क्याम्पस विच सहकार्य गर्ने सम्झौता भएको छ । अन्तरक्रिया कार्यक्रम सहित भएको उक्त सहकार्यमा दुवै क्याम्पस विच अनुसन्धान, गुनास्तरी शिक्ष्या, तालिम, गोष्ठी, सेमिनार, असल अभ्यासको कार्यान्वयन लगायतका विषयमा सहकार्य गर्ने सम्झौता भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा मध्यबिन्दु बहुमुखी क्याम्पस र गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका सञ्चालक समिति, प्राध्यापक तथा कर्मचारीको सहभागिता रहेको थियो । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको भ्रमण समुहले मध्यबिन्दु बहुमुखी क्याम्पसको भौतिक निर्माण, शैक्षिक र प्रशासनिक पूर्वाधार अवलोकन गर्नुका साथै क्याम्पसको शैक्षिक, अनुसन्धान, जर्नल प्रकाशन, आर्थिक, भौतिक र प्रशासनिक गतिविधि माथि केन्द्रित रही अन्तरक्रिया गरिएको थियो।
मध्यबिन्दु बहुमुखी क्याम्पसले क्यु ए ए प्राप्त गर्न गरेका प्रयत्नहरू सम्बन्धमा समेत छलफल भएको थियो। दुवै क्याम्पसले सामुदायिक क्याम्पसका चुनौति, अवसर, अनुभवहरु, भावी योहनाका विषयमा छलफल भएको थियो ।
मध्यबिन्दु बहुमुखी क्याम्पसको क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा मुक्तिराम पाण्डे, क्याम्पस प्रमुख प्रा. गणेशमान गिरि लगायत समितिका सदस्य र प्राध्यापकहरुको उपस्थिति रहेको थियो । यस प्रकारका भ्रमण तथा अन्तरक्रियाले आपसी सिकाई र गुणस्तर अभिवृद्धिमा मद्दत पुगेको दुबै क्याम्पसहरुले महसुस गरेका छन। अन्तरक्रिया कार्यक्रमको संचालन सहायक क्याम्पस प्रमुख बिष्णु प्रसाद लम्सालले गर्नु भएको थियो ।
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको भ्रमण समूहमा क्याम्पसका सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदी, उपाध्यक्ष ऋतुनाथ लम्साल, कोषाध्यक्ष युवक लामिछाने, क्याम्पस सञ्चालक समितिका सदस्यहरू – ईश्वरी प्रसाद लम्सल, राजन अधिकारी, ज्ञाज शर्मा, उत्तम सिग्देल, कृष्ण पोखरेल, विजयराज आचार्य, नारायण प्रसाद बराल, क्याम्पस प्रमुख धर्मराज बराल, आईक्यूएसी प्रमुख राजकुमार सुबेदी र लेखा अधिकृत महेश्वर ढकालको सहभागिता रहेको थियो ।