यस गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरा १७, छोरेपाटनमा स्नातक तह, व्यवस्थापन सङ्काय अन्तर्गत बि.बि.एस. कार्यक्रममा अध्ययनरत मेधावी छात्रा अस्मिता बास्तोला कास्की जिल्लामै उत्कृष्ट भई लक्ष्मी ग्रुपद्वारा स्थापित तथा पोखरा उद्योग बाणिज्य संघ द्वारा सञ्चालित “लक्ष्मी विद्या पदक –२०८०” प्राप्त गर्न सफल भएकी छन् । २०७५ सालमा यस क्याम्पसमा बि.बि.एस. प्रथम वर्षमा भर्ना भई २०८० सालमा स्नातक तह उत्तिर्ण गरेकी बास्तोला पढाईमा अब्बल विद्यार्थीको रुपमा चिनिन्छिन । क्याम्पसको भौतिक सुविधा, उचित शैक्षिक वातावरण, शिक्षकहरुको सहि मार्गदर्शन तथा आफ्नो मेहनतले यो सफलता हासिल गरेको बास्तोलाले बताइन । उनले भर्खरै १२ कक्षा उत्तिर्ण भाई–बहिनीहरुलाई गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविश्य सुनिश्चित गर्न सल्लाह दिएकी छन । यस क्यम्पसबाट यस अघि नै ःद्यक् तर्फ मनिषा रानाभाटले २०७४ सालमा तथा द्यद्यक् तर्फ सुप्रिया ढकालले २०७६ सालमा कास्की जिल्लामै उत्कृष्ट भई लक्ष्मी विद्या पदकद्वारा सम्मानित भइसकेका छन ।
Gupteshwor Mahadev Campus2024-09-17T05:20:44+00:00September 16, 2024|Comments Off on गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसकी छात्रा अस्मिता बास्तोला, “लक्ष्मी विद्या पदक –२०८०” द्वारा सम्मानित