पोखरा, वैशाख ३१, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा २० दिवसीय बेकरी तालिम सम्पन्न भएको छ । क्याम्पसमा अवस्थित Non-credit Course को आयोजनामा भएको उक्त कार्यक्रम अन्तर्गत सीप सिकौ, आत्मनिर्भर बनौ भन्ने मुल आशयका साथ सम्पन्न भएको तालिममा क्याम्पसका तीसजना विद्यार्थीको सहभागीता रहेको थियो ।
समापन कार्यक्रमका प्रमुख अतिथि तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले यस्ता सिपमुलक तालिमहरु समुदायबाट समेत माग भएकाले समुदायमा समेत यस्ता तालिम क्याम्पसले सञ्चालन गरिरहेको कुरा बताउनु भएको थियो । क्याम्पसले विद्यार्थीका लागि सैद्धान्तिक सहित व्यवहारीक तथा सिपमुलक ज्ञान समेत दिदै जाने बताउनु भएको थियो ।
त्यसै गरी क्याम्पसका क्याम्पस प्रमुख धर्मराज बरालले विद्यार्थीहरुलाई क्याम्पसले यस्ता किसिमका सिपमुलक तालिम थप गर्दै जाने कुरा राख्नु भएको थियो । क्याम्पसका कार्यक्रममा विद्यार्थीको सक्रिय सहभागीता रहेको र यसलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिनुभएको थियो । साथै सिपमुलक तालिमले विद्यार्थीलाई स्वरोजगार बनाउन मद्दत पुग्ने समेत बताउनु भएको थियो ।
Non-credit Course का संयोजक शिक्षक गुप्तबहादुर क्षत्रीको संयोजकत्वमा भएको कार्यक्रममा उहाँले यस्ता तालिमले विद्यार्थीहरुलाई आयआर्जनमा समेत सहयोग पुग्ने बताउनु भएको थियो ।
तालिममा सहभागीको तर्फबाट विद्यार्थी कुशल परियारले क्याम्पसले विद्यार्थीलाई समय–समयमा यस्ता तालिम प्रदान गरिरहेकाले विद्यार्थीले भरपुर फाइदा लिनुपर्ने कुरा बताउनु भएको थियो ।
तालिममा सहभागी विद्यार्थीलाई प्रमाण–पत्र प्रदान गरिएको थियो । शिक्षक विद्या रेग्मीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो भने इ.ओ. सि. संयोजक दुर्गानाथ पौडेलले स्वागत् मन्तव्य राख्नुभएको थियो ।