पोखरा २३ गते । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । डेभिजफल खोलाको छेउछाउमा भएको वृक्षारोपण कार्यक्रमको क्याम्पस प्रमुख धर्मराज बरालले उद्घाटन गर्दै वृक्षारोपण गरी रुखहरु हुर्काउन सके हरियाली पर्वतनका साथ वातावरणमा स्वच्छता आउने कुरा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता इ.ओ.सि. संयोजक दुर्गानाथ पौडेलले गर्नुभएको कार्यक्रममा स्वागत् मन्तव्य सहायक क्याम्पस प्रमुख रामजीप्रसाद पौडेलले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख मोहन भण्डारीले गर्नुभएको थियो । वृक्षारोपण कार्यक्रममा क्याम्पसका विद्यार्थी, शिक्षक तथा कर्मचारीको सहभागीता रहेको थियो ।