पोखरा, पुष २२, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । आइतबार र सोमबार भएको उक्त कार्यक्रममा प्रथम वी.वी.एस. प्रथमवर्षका अनिष बराल, द्वितीय वी.एच.एम. प्रथम सत्रका एडिग राना, तृतीय वी.वी.एस. दोस्रो वर्षका अनुप लामिछाने र सान्त्वना वी.आइ.एम. तेस्रो सत्रका अमन सुवेदी भएका थिए ।
कार्यक्रमको संयोजन शिक्षक दुर्गानाथ पौडेल र विद्यार्थीद्वय सन्देश तौलाङ्गी र पवन पोख्रेलले गर्नुभएको थियो ।