रोजगारी खोज्ने भन्दा पनी रोजगार सिर्जना गर्ने विद्यार्थी उत्पादन गर्ने पाठ्यक्रम तयार गर्दै छौं ः उपकुलपति भुषाल

पोखरा–५, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखराको १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. शिवलाल भुषालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभाध्यक्षता क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले गर्नुभएको थियो ।

प्रमुख अतिथि भूषालले त्रिभुवन विश्वविद्यालयले नेपालका कुना कुनामा क्याम्पस पु¥याउने योजना रहेको कुरा बताउनु भयो । उच्च शिक्षामा केन्द्रिय सरकारले न्यून बजेट विनियोजन गर्ने, प्रदेश सरकारले हामीलाई अधिकार छैन भन्ने र स्थानीय सरकारले हामीले विद्यालयमात्र हेर्ने हो भन्दा उच्च शिक्षालाई व्यवस्थापन गर्न गारो रहेको कुरा व्यक्त गर्नुभएको थियो । त्रिभुवन विश्वविद्यालयले रोजगार खोज्ने भन्दा पनी रोजगार सिर्जना गर्ने विद्यार्थी उत्पादन गर्ने योजना बमोजिम पाठ्यक्रमहरु तयार भइरहेको व्यहोरा बताउनु भएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय भिम कार्कीले हाम्रा शिक्षा नीति पुरानै भएकाले हामीलाई आवश्यक पर्ने शिक्षा नीतिहरु परिवर्तन गर्दै जानु पर्ने विषयवस्तु राख्नु भएको थियो साथै उहाँले हाम्रा शिक्षा रोजगारी तथा व्यवसायीमुखी बनाउनु पर्ने विषयमा जोड दिनुभएको थियो । साथै माननीय प्रकाश बरालले शिक्षाले मानिसलाई आत्मविश्वास बढाउनु पर्ने हो तर हाम्रो शिक्षा किन निरुत्साहीत छ भन्ने जिज्ञासा व्यक्त गर्नुभएको थियो । साथै उहाँले विद्यार्थी विदेसीनुको कारण विश्वविद्यालयले अनुसन्धान गर्न जरुरी रहेको कुरा राख्नु भएको थियो ।

त्यसै गरी विशिष्ट अतिथि त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले क्याम्पस सञ्चालक समितिको एकताले नै आज क्याम्पसले यो विकास गति लिएको हुँदा क्याम्पसको एकता सधै कायम राख्न सुझाव व्यक्त गर्नुभएको थियो । त्रिभुवन विश्वविद्यालयले शिप भएका विद्यार्थी उत्पादन गरेतापनी राज्यले त्यस्ता विद्यार्थीलाई रोजगार प्रदान गर्ने वातावरण नभएकाले विद्यार्थी विदेशीनु परेको कुार व्यक्त गर्नुभएको थियो । त्यस्ता शीप भएका विद्यार्थीले राज्यमा रोजगार पाएपनी त्यस्तो पारिश्रमीक विदेशको तुलनामा सारै न्यून रहेके बताउनु भएको थियो । साथै गुप्तेश्व महादेव बहुमुखी क्याम्पसको होटेल व्यवस्थापनको ल्याब देशकै उत्कृष्ट ल्याब रहेको कुरा राख्नु भएको थियो ।

त्यसैगरी अर्का विशिष्ट अतिथि त्रिभुवन विश्वविद्यालय, अनुगमन निर्देशनालयका निर्देशक सह–प्राध्यापक श्री विष्णुप्रसाद खनालले गुणस्तरी शिक्षालाई प्रोत्साहन गर्न अनुसन्धानमुखी कार्यहरुलाई त्रिभुवन विश्वविद्यालयले प्राथमिकता दिएको बताउनु भयो । साथै क्याम्पसले छोटो समयमा प्रगतिको पथमा गएकाले खुसी भएको कुरा व्यक्त गर्नुभएको थियो ।
पोखरा १७ का कार्यबाहक अध्यक्ष विक्रम गुरुङले क्याम्पसको गतिविधिले वडा नं. १७ गौरवान्वित भएको साथै कार्यक्रम तथा क्याम्पसको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमका विशेष अतिथि गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लछुमण वास्तोलाले गुफा तथा क्याम्पसको सम्बन्धन नङ र मासु जस्तै रहेको तथा क्याम्पसको सर्वाङ्गिण विकासका लागि गुफा सधै तयार रहेको कुरा राख्नु भएको थियो । साथै उहाँले क्याम्पस एक शैक्षिक केन्द्रका रुममा विकास गर्न एवं क्याम्पसले नयाँ नयाँ प्राविधिक तथा व्यवसायीक शैक्षिक कार्यक्रमहरु थप गर्दै जादाँ गुफाले आर्थिक रुपमा हातेमालो गर्न तयार रहेको बताउनु भएको थियो ।

कार्यक्रमका गुप्तेश्वर सिजर्नशिल विद्यार्थी मञ्चका अध्यक्ष शिवम् शाही ठकुरीले विश्वविद्यालयको परीक्षा तथा नतिजा प्रकाशनमा ढिला हुने गरेकाले त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराउनु भएको थियो । साथै उहाँले क्याम्पसका गतिविधिमा विद्यार्थीका आवश्यकताहरुको बारेमा व्यक्त गर्नुभएको थियो ।

त्यसै गरी पब्लिक क्याम्पस संघका केन्द्रिया सल्लाहकार तथा कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विरन्जी गौतमले नेपाल सरकार वा त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पस सञ्चालन गर्न नसकेको स्थानमा जनताले पैसा उठाएर सामुदायिक क्याम्पस सञ्चालन गरी उच्च शिक्षा प्रदान गरेको कुरा बताउनु भयो । साथै उहाँले त्रिभुवन विश्वविद्यालयले सामुदायिक क्याम्पसको राम्रो अनुगमन गरिदिनुहुन अनुरोध गर्नुभयो । त्रिभुवन विश्वविद्यालयले नयाँ कार्यक्रमको सम्बन्धन प्रदान गर्दा सामुदायिक क्याम्पसलाई अलि असजिलो मान्ने गरेको बताउनु भयो । नयाँ स्थापना भएका विश्वविद्यालयले नयाँ नयाँ कार्यक्रम ल्याउनु पर्नेमा त्रिभुवन विश्वविद्यालयकै कार्यक्रम सञ्चालन गर्दा दुर्भाग्य भएको बताउनु भयो ।
उक्त वार्षिकोत्सव कार्यक्रममा शीतलपथ टोल विकास संस्थाका अध्यक्ष अनन्त लम्साल, भबिस्य निर्माण मा. बि. का अध्यक्ष कमलकुमार भुजेल, राजनीतिक दलका शालीकराम देवकोटा, ऋषभ तिमिला र देवराज आचार्यले शुभकामना मन्तव्य राख्नु भएको थियो । त्यसै गरी सल्लाहकारहरु झपिन्द्रराज रेग्मी, विष्णुप्रसाद पौडेल, तिर्थराज अधिकारी र प्रा.डा. भूपति ढकाल ‘‘कमल’’ले समेत कार्यक्रमको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थीले नेपाली संस्कृति झल्कने नृत्य प्रदर्शन, पुरस्कार वितरण, वी.एच.एम. चौथो सत्रका विद्यार्थीहरुको आयोजनामा खाना महोत्सव गरिएको थियो । साथै क्याम्पमा महत्वपूर्ण योगदान गर्नुहुने महानुभावहरु तथा शिक्षक एवम् कर्मचारीलाई सम्मान गरिएको थियो । साथै उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य हरिप्रसाद लम्सार र उहाँकी श्रीमती सुमित्रा लम्सालले बुवाको स्मृतिमा १ लाख, १ हजार १ सय ११ रुपैया बराबरको ‘टिकाराम लम्साल स्मृति गरिव तथा जेहेन्दार छात्रवृत्ति अक्षयकोष’ को स्थापना गर्नुभएको छ ।

क्याम्पस प्रमुख धर्मराज बरालले क्याम्पसका गतिविधिहरु रहेको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा स्वागत् मन्तव्य क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्री ऋतुनाथ लम्सालले गर्नुभएको थियो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले क्याम्पसलाई शैक्षिक केन्द्र तथा अनुसन्धान केन्द्र बनाउन आफु लागि पर्ने व्यहोरा बताउनु भयो । गुणस्तरीय शिक्षाका लागि सल्लाह गरी अघि बढ्ने प्रतिवद्धटा व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालक शिक्षक लेखनाथ बराल (गोपी) ले गर्नुभएको थियो ।