पोखरा, असार १६
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र आदिकवि भानुभक्त क्याम्पस बीच विद्यार्थी शुल्क व्यवस्थापन विषयमा अन्तरक्रिया कार्यक्रम गुप्तेश्वर महादेव बहुमुखि क्याम्पसमा सम्पन्न भएको छ।
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष ज्ञाज शर्माको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका सञ्चालक समितिका उपाध्यक्ष श्रीराम कार्कीको विशेष उपस्थितिमा रहेको थियो।
उक्त अवसरमा आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले अध्ययन भ्रमणको औचित्य, क्याम्पसको शुल्क संरचना र स्रोतको व्यवस्थापनको बारेमा आफ्ना कुरा राख्नु भएको थियो ।
कार्यक्रममा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र आदिकवि भानुभक्त क्याम्पसको विद्यमान विद्यार्थी शुल्क संरचना, शुल्कको किसिम, स्वचालित शुल्क वृद्धिको प्रावधान, क्याम्पस सञ्चालन खर्चको लागि स्रोतको व्यवस्थापन जस्ता विषयहरूमा छलफल भएको थियो। कार्यक्रममा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको शुल्क संरचना र स्रोत व्यवस्थापनका बारेमा क्याम्पस प्रमुख धर्मराज बरालले प्रकाश पार्नुभएको थियो।
उक्त अन्तरक्रिया कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका आर्थिक समितिका संयोजक ठाकुर बहादुर दरै, विधायन समितिका संयोजक ईश्वर बिष्ट, मितेरी गाउँ व्यवस्थापन समितिका संयोजक सोमराज सिग्देल, सञ्चालक समितिका सदस्यहरू निर्मल पण्डित र बसन्त दरै,पब्लिक क्याम्पस प्राध्यापक सङ्घ, नेपाल, क्याम्पस इकाइका अध्यक्ष सह-प्राध्यापक राजन घिमिरे, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष अनुप आले, विद्यार्थी संगठनहरुका प्रतिनिधिहरू- शिव सदाशंखर र विशाल रुचाल, बिबिए क्लाउडका अध्यक्ष असिम भण्डारी, बिआइसिटी क्लबका अध्यक्ष दिवस रानाभाट र क्रिकेट क्लबका अध्यक्ष प्रमिस न्यौपानेको सहभागिता रहेको छ ।
उक्त कार्यक्रममा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका तर्फबाट धर्मराज बराल र प्रशासन प्रमुख ऋषि राम बरालको सहभागिता रहेको थियो ।
कार्यक्रममा दुबै क्याम्पसको तर्फबाट मायाको चिनो आदान प्रदान गर्नुभएको थियो।
अन्तरक्रिया कार्यक्रमको सहजीकरण गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका प्रमुख धर्मराज बरालले गर्नुभएको थियो।