पोखरा, फागुन ११ गते, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र स्थानिय समुदाय विच सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक संस्था परिचालन उप–समितिका संयोजक लछुमण वास्तोलाको संयोजकत्वमा भएको कार्यक्रममा उहाँले यस क्याम्पस समुदायको भएकाले सदैव समुदायको चासो र निगरानी राख्नका लागि आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले यस क्याम्पसले सधै समुदायको हितमा काम गर्ने तथा क्याम्पसका स्रोत साधन समुदायले उपभोग गर्दै आएको बताउनु भएको थियो । उहाँले क्याम्पसबाट प्रदान गरिने छात्रवृत्तिमा विभिन्न संस्थासँग समन्वय गरिएको समेत बताउनु भएको थियो । संस्थाहरुको नेतृत्व गर्नुभएका सामाजिक अभियान्ताहरुले क्याम्पसका गतिविधिहरु तल्लो तहसम्म पु¥याउने आशा व्यक्त गर्नुभएको थियो ।
क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष ऋतुनाथ लम्सालले स्थानिय गुनासाहरु क्याम्पसकै लागि भएकाले उचित सम्बोध गर्न पहल गर्ने बताउनु भएको थियो ।
क्याम्पस सञ्चालक समितिका सदस्य ज्ञाज शर्माले स्थानीय नागरिकका गुनासाहरुलाई समेट्नका लागि आवश्यक पहल गरिने कुरामा जोड दिनुभएको थियो ।
क्याम्पसको प्रमुख संरक्षक संस्था गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका उपाध्यक्ष ईश्वरीप्रसाद लम्सालले गुफा व्यवस्थापन समिति र क्याम्पसको भूमिका माथि प्रकाश पार्नुभएको थियो ।
डेभिजफल क्लबका अध्यक्ष विनम गुरुङले क्याम्पसबाट वितरण गरिने छात्रावृत्ति सहित क्याम्पसका गतिविधि समुदायलाई जानकारी गराइरहन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा शीतलपथ टोल विकास संस्थाका अध्यक्ष अनन्त लम्सालले क्याम्पसले समुदायलाई दिएको अवसर र सुविधा हामीले पूर्ण रुपमा उपभाग गर्नुपर्ने बताउनु भएको थियो ।
डेभिजफल टोल विकास संस्थाका अध्यक्ष कृष्णबहादुर मल्लले क्याम्पसको पार्किङ तथा विद्युतीय समस्याको बारेमा कुरा राख्नु भएको थियो ।
त्यसै गरी स्थानिय जगन्नाथ घिमिरेले क्याम्पसको पुस्तकालयलाई स्थानीयले प्रयोग गर्न पाउने व्यवस्था गर्न सके प्रभावकारी बन्ने बताउनु भएको थियो । क्याम्पसको उचित पार्किङ नभएकाले अन्य सवारी आवत जावतमा असहज भएको बताउनु भएको थियो ।
स्थानीय वासिन्दा यामनाथ सुवेदीले क्याम्पससँग सहयोग लिने र समुदायले पनी क्याम्पसलाई सहयोग गर्नुपर्ने बताउनु भएको थियो ।
स्थानीय रामबहादुर हमालले विद्यार्थीहरुलाई कानूनी सचेतना सम्बन्धी कार्यक्रमहरु प्रदान गरिरहनु पर्ने कुरा बताउनु भएको थियो ।
कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै क्याम्पस प्रमुख धर्मराज बरालले क्याम्पसका गतिविधि प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन शिक्षक राजकुमार सुवेदीले सञ्चालन गर्नुभएको थियो ।