पोखरा, पौष २० गते, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र द्रब्यशाह बहुमुखी क्याम्पस, गोर्खा विच सहकार्य सम्बन्धी सम्झौता भएको छ । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा भएको उक्त सम्झौतामा दुवै क्याम्पस विच अनुसन्धानको क्षेत्र, गुणस्तरी शिक्षा, असल अभ्यासको कार्यान्वयन, विभिन्न गोष्ठि तथा तालिमको आयोजना सम्बन्धी सहकार्य गर्ने सम्झौता भएको थियो ।
उक्त सम्झौता पत्रमा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको तर्फबाट अध्यक्ष श्रीराम सुवेदी र क्याम्पस प्रमुख धर्मराज बराल साथै द्रब्यशाखा बहुमुखी क्याम्पसको तर्फबाट उपाध्यक्ष मोहन प्रसाद पोख्रेल र क्याम्पस प्रमुख एकदेव अधिकारीले हस्ताक्षर गर्नुभएको थियो ।

द्रब्यशाह बहुमुखी क्याम्पसका अध्यक्ष मनोजप्रसाद धितालले सहकार्यमा भएका सम्झौतालाई कार्यान्वयन गरी दुवै क्याम्पस अघि बढ्नु पर्ने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रममा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम सुवेदीले दुवै क्याम्पसका सवल पक्षहरु अनुशरण गरी सामुदायिक क्याम्पसलाई अब्बल बनाउन तर्फ लाग्नु पर्ने कुरा बताउनु भएको थियो । शिक्षकहरु सारथी भएकाले विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्नु नै शिक्षकको सम्पत्ति भएको बताउनु भएको थियो । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसलाई भ्रमणका लागि छनोट गर्नुभएकोमा उहाँले द्रब्यशाखा बहुमुुखी क्याम्पसलाई धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो ।

द्रब्यशाह बहुमुखी क्याम्पसका उपाध्यक्ष मोहन प्रसाद पोख्रेलले अनुभव, ज्ञान बाड्न पाउदा अत्यन्त खुसी लागेको बताउनु भएको थियो । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका सवल पक्षहरु कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारे छलफल गरी अगाडि बढने कुरा बताउनु भएको थियो ।

क्याम्पस प्रमुखद्वय धर्मराज बराल र एकदेव अधिकारीले आ–आफ्ना क्याम्पसका सवल पक्ष, चुनौती, छात्रवृत्ति वितरण प्रकृया, अनुसन्धानका क्षेत्र, क्यू.ए.ए. सम्बन्धी कार्यहरु, पुस्तकालयको पूर्ण प्रयोग, पठन संस्कृतिको विकास, नतिजा उन्मुख योजना सम्बन्धी अनुभवहरु राख्नु भएको थियो ।
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा अनुसन्धान व्यवस्थाप समितिका संयोजक मोहन भण्डारीले अनुसन्धान क्षेत्रका बारेमा आफ्ना अनुभव राख्नु भएको थियो । कार्यक्रमको व्यवस्थापन आइ.क्यू.ए.सी. प्रमुख राजकुमार सुवेदीले गर्नुभएको थियो ।