पोखरा, साउन ९ गते । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखरा र नेसफिल्ड कलेज, ललितपुर विच एक दिने Students Exchange कार्यक्रम सम्पन्न भएको छ । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मराज बरालले सहभागी विद्यार्थीहरुलाई आफ्नो क्याम्पसको बारेमा बताउनु भएको थियो ।
दुवै क्याम्पसका विद्यार्थी विच अनुभव आदान प्रदान, प्रयोगात्मक कार्यमा सहकार्य गरेका थिए । नेसफिल्ड कलेजको तर्फबाट कार्यक्रम संयोजक जित श्रेष्ठले संयोजन गर्नुभएको थियो भने गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको तर्फबाट संयोजक जितेन्द्र थापाले संयोजन गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य जितेन्द्र थापाले गर्नुभएको थियो । दुवै क्याम्पसका संयोजनहरुले अभिमुखीकरण गर्नुभएको थियो । नेसफिल्ड कलेजको तर्फबाट एकेडेमिक कोडिनेटर पुरुषोत्तम घिमिरे र शिक्षिका रजनी श्रेष्ठको सहभागी रहेको थियो ।
कार्यक्रममा दुवै क्याम्पसका जम्मा ७० जना विद्यार्थीको सहभागीता रहेको थियो । क्याम्पसले स्थानिय परीकार तयार गरी त्यसको बारेमा जानकारी गराउनु भएको थियो । साथै सहभागी विद्यार्थीलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।