गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखरामा हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ। क्याम्पसको १८औ वार्षिकोत्सवको अवसरमा विभिन्न अतिरिक्त क्रियाकलाप अन्तर्गतका कार्यक्रमहरू सञ्चालन गर्ने क्रममा मिति २०८२ साल पुष १७ गते बिहिबार उक्त प्रतियोगिता आयोजना गरिएको थियो।
उक्त प्रतियोगितामा BIM तेस्रो सेमेस्टरका विद्यार्थीहरू गणेश कुँवर खाँड, सागर अधिकारी तथा आश्वि अधिकारीले प्रथम स्थान हासिल गर्न सफल भएका थिए । भने BBS दोस्रो वर्षका समिर पनेरु, रिता पौडेल र अनिश क्षेत्रीको समूहले दोस्रो स्थान हासिल गर्न सफल भएको थियो । त्यस्तै BBS चौथो वर्षका प्रवेश ढकाल, युवराज गौतम र लक्ष्मी सुवेदीको समूह तृतीय स्थान हासिल गर्न सफल भएको थियो भने BITM/BBS/BHM को संयुक्त समूह का कुसुम शर्मा आचार्य, दयाराम पौडेल र वसन्त चौलागाईंको समूहले सान्त्वना स्थान हासिल गर्न सफल भएको थियो। ई ओ सी संयोजक दुर्गानाथ पौडेलको संयोजकत्वमा सम्पन्न उक्त प्रतियोगिता सम्पन्न गर्नको लागि शिक्षक गुप्तबहादुर क्षेत्रीको संयोजकत्वमा एक उपसमिति गठन गरिएको थियो। जसमा सदस्यहरू योगराज शर्मा विद्या रेग्मी र सञ्जय पौडेल रहनुभएको थियो। जम्मा ११ समूह सम्मिलित उक्त प्रतियोगिता दुई चरणमा सम्पन्न गरिएको थियो।
छनोट चरण पार गरेका चारवटा समुहहरू बीच अन्तिम चरणको प्रतिस्पर्धा गराइएको थियो। प्रतिस्पर्धा मा क्विज मास्टर को रूपमा गुप्तबहादुर क्षेत्री तथा दुर्गानाथ पौडेल रहनुभएको थियो भने कार्यक्रम सम्पन्न गर्न विभिन्न भूमिकामा शिक्षक शिक्षिकाहरू रामजीप्रसाद पौडेल, जमुना अर्याल, योगराज शर्मा, विद्या रेग्मी, सञ्चय पौडेल, प्रकाश चन्द्रगिरी र सन्तोष भण्डारी रहनुभएको थियो।