पोखरा पौष १ गते, मंगलबार । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा नवआगन्तुक विद्यार्थीहरुलाई एक कार्यक्रमका विच स्वागत् गरिएको छ । गुप्तेश्वर सिर्जनशिल मञ्चको आयोजनामा भएको कार्यक्रममा स्नातक तहमा भर्ना वर्ष २०८२ मा भर्ना भएका विद्यार्थीहरुलाई खाता, अविर, डायरी र कलम प्रदान गरि स्वागत् गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले विद्यार्थीहरुलाई क्याम्पसमा हुने हरेक गतिविधिमा सहभागी भई विद्यार्थीलाई कुनै पनी विषयमा असहज भएमा आफ्ना कुरा निर्धक्क भएर क्याम्पस प्रशासनसँग राख्न अनुरोध गर्नुभएको थियो । उहाँले विद्यार्थीको प्रगतिका लागि क्याम्पस सञ्चालक समितिले पूर्ण रुपमा क्रियाशिल रहेन बताउनु भएको थियो ।
कार्यक्रमका विशेष अतिथि क्याम्पस प्रमुख धर्मराज बरालले आफ्नो स्नातक तह अध्यक्ष गर्नका लागि यस क्याम्पस रोज्नुभएकोमा धन्यवाद दिदँै तपाईहरुलाई गुणस्तरी शिक्षा प्रदान गर्नका लागि क्याम्पस सदैव लागि पर्ने कुरा बताउनु भएको थियो । साथै उहाँले क्याम्पसका प्रत्येक गतिविधिमा सहभागी भई क्याम्पसका नीति नियमहरुलाई पालना गर्नुपर्ने विषय राख्नु भएको थियो ।
मञ्चका अध्यक्ष शिवम् शाहीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले नवआगन्तुक विद्यार्थीहरुलाई दाई दिदिहरुसँग मिलि क्याम्पसको विकास गर्न र आफ्नो शैक्षिक उन्नवयनको विकास गर्नुपर्ने बताउनु भएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गजल, नाटक तथा भजन प्रस्तुत गरेका थिए । स्वागत् मन्तव्य विद्यार्थी सदिक्षा अधिकारीले गर्नुभएको कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय स्मृति थापा रप्रवेश ढकालले गर्नुभएको थियो ।