पोखराको छोरेपाटनमा अवस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा क्याम्पसको १३औं वार्षिकोत्सवको अवसरमा कविता तथा गजल प्रतियोगिता सम्पन्न भएको छ । यहि मंसिर २८ गते Extension and Outreach Cell को आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता सेलका संयोजक दुर्गानाथ पौडेलले गर्नुभएको थियो भने प्रमुख अतिथि क्याम्पसका क्याम्पस प्रमुख धर्मराज बराल रहनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि धर्मराज बरालले क्याम्पसले विद्यार्थीको सर्वाङ्गिण विकासको लागि कुनै कसर नराख्ने बताउनु भएको थियो भने अध्यक्ष दुर्गानाथ पौडेलले क्याम्पसले आयोजना गर्ने बिविध कार्यक्रमहरुले बिद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रस्फुटनमा बल पुग्ने भएता पनि विद्यार्थीहरुको आकर्षण घट्दै जानु चिन्ताको विषय भएको बताउनु भयो ।

कविता तथा गजल बिधा गरी जम्मा १५ जना सहभागीले आ–आफ्ना रचना वाचन गरेका थिए जसमध्ये कविता तर्फ प्रथम कुशल परियार,, द्वितिय प्रविण धमला र प्रेम प्रसाद शर्मा, तृतिय निकिता सुवेदी र सान्त्वना ईच्छा रानाभाट भएका थिए । त्यस्तै गजल तर्फ प्रथम शोभा वली, द्वितिय स्मृति थापा, तृतिय प्रतिक्षा लामिछाने र सान्त्वना सुरक्षा पौडेल भएका थिए । निर्णायकको भुमिकामा क्याम्पसका शिक्षकहरु लालमणि पोख्रेल, मोहन भण्डारी तथा जमुना अर्याल रहनु भएको थियो भने कार्यक्रम क्याम्पसको सभाहलमा सम्पन भएको थियो ।