पोखरा, चैत्र ६ गते, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको आयोजना तथा पैरवी हेल्थ एण्ड डेन्टर केयर सेन्टर, न्यूरोड, पोखराको प्राविधिक सहयोगमा आइतबार खुला दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ । गुप्तेश्वर महादेव गुफाको प्राङ्गणमा भएको कार्यक्रममा स्थानीय बासिन्दाको सहभागीता रहेको थियो ।
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका इ.ओ.सी. कार्यक्रम संयोजक दुर्गानाथ पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा स्थानीय सामाजिक संघ संस्थाका प्रतिनिधि, क्याम्पस सञ्चालक समिति, शिक्षक–कर्मचारी, विद्यार्थी, अभिभावक लगायत स्थानीय वासीको सहभागीता रहेको थियो । कार्यक्रममा करिब एकसय जनाले दाँतको परिक्षण गराउनु भएको थियो ।