पोखरा, २८ फागुन, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको आयोजनामा विद्यालय स्तरका विद्यार्थीलाई साइबार सम्बन्धि सु–सुचित गराउने उद्देश्यले साइबर अपराध तथा सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम पार्दी मा.वि. मा सम्पन्न भएको छ । कार्यक्रममा पार्दी मा.वि.मा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

क्याम्पसमा अध्ययनरत सूचना प्रविधि कार्यक्रम अन्तरगत आइ.टी क्लबका विद्यार्थीले सहजीकरण गरेको कार्यक्रममा सामाजिक सञ्जाललाई कसरी सुरक्षित तवरले प्रयोग गर्ने, ठगि र अपराधबाट कसरी बच्ने, सामाजिक सञ्जालबाट हुन सक्ने अपराधिक गतिविधि विरुद्ध कानुनी उपचार कसरी गर्ने भन्ने विषय वस्तुमा आधारित रहेछ प्रशिक्षण गरिएको थियो ।

आइ.टी. क्लबका तर्फबाट अध्यक्ष सन्दिप चापागाई, कोषाध्यक्ष सागर अधिकारीले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापन पार्दी मा.वि.का सहायक प्र.अ. गोविन्द सुवेदीले गर्नुभएको थियो ।