चितवन, फागुण ९ गते, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र आदिकवि भानुभक्त क्याम्पसको संयुक्त आयोजनामा प्रविधिमैत्री प्रशासन विषय दुई दिने तालिम प्रारम्भ भएको छ । फागुण ९ र १० गते चितवनको कविलास रिसोर्टमा प्रारम्भ भएको तालिममा एघार क्याम्पसका करिव ४५ जना कर्मचारीको सहभागीता रहेको छ । कार्यक्रम गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस कास्की, आदिकवी भानुभक्त क्याम्पस तनहुँको सयुक्त आयोजनामा सञ्चालन भएको छ । आदिकवी भानुभक्त क्याम्पसका  अध्यक्ष बुद्धिमान श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उहाँले कर्मचारीहरु स्थायी प्रशासक भएकाले कर्मचारीको क्षमता अभिवृद्धि गर्न आवश्यक भएको बताउनु भएको थियो । कर्मचारीहरु संस्थाका खम्बा भएकाले संस्था बलियो बनाउनका लागि हरेक खम्बा बलियो हुन जरुरी भएको बताउनु भएको थियो । सिकेका कुराहरुलाई व्यवहारमा प्रयोग गर्न सके तालिम फलदायी हुने बताउनु भएको थियो ।
May be an image of 3 people, dais and text that says 'Τταίπα Program on Empowering Administrative Staff of Community Campuses Oigitalizing Gove лance & ministration TY GRANT thin SSION KLK- CAMИ CVMULTIPLECAMPUS EV MULTIPLE CAMPUS Kaski anizer aratp'
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मराज बरालज्यूको सभाध्यक्षतामा भएको कार्यक्रममा उहाँले कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी दैनिक कार्यसम्पादनमा अझ चुस्तदुरुस्त हुने तथा सामुदायिक क्याम्पसका प्रशासनहरु अझ प्रभावकारी बनाउनका लागि तालिमको आयोजना गरिएको बताउनु भएको थियो । सहभागी कर्मचारीहरुले आफ्ना दैनिक कार्यलाई प्रविधिमैत्री बनाउनका लागि थप टेवा पुग्ने बताउनु भएको छ ।
आदिकवी भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले स्वागत मन्तव्य राख्नु हुदै उहाँले उच्च शिक्षामा देखिएको समस्या समाधान गर्नका लागि थप सिप सिकाउनका लागि यस तालिम फलदायी हुने कुरामा जोड दिनुभएको थियो । वर्तमान समयमा देखापरेका नयाँ प्रविधिलाई हामीले आफ्नो दैनिक कार्यसँग जोड्न जरुरी रहेको बताउनु भएको थियो । साथै उहाँले सामुदायिक क्याम्पस विच सहकार्यको संस्कृतिको विकास गर्दै जानुपर्ने बताउनु भएको थियो ।
May be a graphic of dais and text that says 'πταϊπίηα Program on Empowering Administrative Staff of Community Campuses Digitalizing Governance ៩ Administration GMMC កងរសូាា UNIVERSITY GRANTS COMMISSION AADIKAVI BHANUBHAKTA CAMPUS Sanothimi SanothimiBhaktapur Bhaktapur Vyas-1,Bigyanchour,Tanahun Vyas-1, Bigyanchour, Tanahun Support Organizer GUPTESHWOR MAHADEV MULTIPLE CAMPUS Pokhara,Kaski Pokhara, Kaski Organizer 2081 Falgun & 10 Venue :Kabilash Resort, Bharatpur-29, Chitwan'
बालकुमारी क्याम्पसका गोविन्द कुमार अधिकारी, सप्तगण्डकी क्याम्पसका तोयनाथ भट्टराई, द्रब्यशाह क्याम्पसका सुजन कुँवर, मध्येविन्दु क्याम्पसका नारायण चालिसेले तालिमबाट अपेक्षा गरेका विषयमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रम सञ्चालक आदिकवी भानुभक्त क्याम्पसका सहायक क्याम्पस प्रमुख डा। रामकुमार अधिकारीले गर्नुभएको थियो
May be an image of 13 people, people studying and table