पोखरा–१७, छोरेपाटनमा अवस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा वित्तिय साक्षरता कार्यक्रम मंसिर २८ गते सम्पन्न भएको छ । स्नातक तह, वी.एच.एम. तथा वी.आइ.एम. प्रथम सत्रका विद्यार्थीहरुको लागि उक्त वित्तिय साक्षरता सम्बन्धी ज्ञान प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख धर्मराज बरालले व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक पक्षका बारेमा जानकारी दिने उद्देश्यले विभिन्न बैंकसँगको सहकार्यमा यस्ता ज्ञानवद्र्धक कार्यक्रमहरु नियमित रुपमा आयोजना गरिने बताउनु भएको थियो ।
गरिमा विकास बैंकका क्षेत्रीय व्यवस्थापन मेघबहादुर के.सि.ले सहजीकरण गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन गरिमा विकास बैंकका विरौटा शाखाका प्रमुख बासुदेव पौडेलले गर्नुभएको थियो भने इ.ओ.सि. प्रमुख दुर्गानाथ पौडेलले संयोजन गर्नुभएको थियो । कार्यक्रममा करिब ६५ जना विद्यार्थीको सहभागीता रहेको थियो ।