पोखरा–१७, छोरेपाटनमा अवस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका विद्यार्थीहरुको भ्रमण सम्पन्न भएको छ । स्नातक तह, वी.वी.एस. र वी.एड्. चौथो वर्षका विद्यार्थीहरुको दुई दिने भ्रमण कास्की जिल्ला अवस्थित पर्यटकीय गाउँ सिक्लेस रहेको थियो भने स्नातक तह, वी.एच.एम. पाँचौ सत्रका विद्यार्थीहरुको तीन दिने भ्रमण कास्की जिल्लाको खुमैडाडासम्म भएको थियो ।
भ्रमणमा स्थानिय गाउँको अवलोकन, त्यहाँको संस्कृतिको अध्ययन, घरवास कार्यक्रम र त्यसको सेवा सुविधा सम्बन्धी अध्ययन तथा हिमालहरुको दृष्यावलोकन रहेको थियो । भ्रमणमा व्यवहारीक ज्ञान आर्जन तथा प्राकृतिक दृष्यावलोकनले विद्यार्थीलाई पुर्नताजगी बनाएको विद्यार्थीहरुले बताएका थिए । भ्रमणमा करीव ४५ जना विद्यार्थीको सहभागीता रहेको थियो भने तीन जना शिक्षक तथा कर्मचारीको सहभागीता रहेको थियो ।