पोखरा, असार १६ गते, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा जीवनवृत्ति परामर्श कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका, शिक्षा महाशाखाका बरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले सहजीकरण गर्नुभएको कार्यक्रममा उहाँले शिक्षाशास्त्र संकायमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि आगामी दिनमा शिक्षाक्षेत्रमा कसरी सफलता पाउन सकिन्छ भन्ने विषयवस्तुमा परामर्श प्रदान गर्नुभएको थियो ।
आइ.क्यू.ए.सी. एवम् जीवनवृत्ति परामर्श समितिका संयोजक राजकुमार सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले आजको कार्यक्रमले विद्यार्थीहरुले आफ्नो भविष्य सुनिश्चित गर्नका लागि प्रेरणादायि बन्ने कुरामा जोड दिनु भएको थियो ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश शिक्षक जमुना अर्यालले पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक योगराज शर्माले गर्नुभएको थियो ।