पोखरा, बैशाख ३० गते, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र जनभावना क्याम्पस, काठमाण्डौं विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष ज्ञाज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले क्यू.ए.ए. को दोस्रो चरणका गतिविधि बारे प्रकाश पार्नुभएको थियो ।
जनभावना क्याम्पसका अध्यक्ष चरसुन्दर महर्जनले क्याम्पसका असल अभ्यासका बारेमा चर्चा गर्दै सामुदायिक क्याम्पसका चुनौतीका बारेमा आफ्ना कुराहरु राख्नुभएको थियो ।
त्यसै गरी क्याम्पस प्रमुखद्वय धर्मराज बराल र शिवराज सञ्जेलले आफ्ना क्याम्पसका शैक्षिक, आर्थिक, जनशक्ति व्यवस्थापन, भौतिक पक्ष तथा क्यू.ए.ए. दोस्रो चरणका लागि गरिएका गतिविधि बारे अनुभव र अभ्यास जानकारी गराउनु भएको थियो ।
जनभावना क्याम्पसको तर्फबाट उपाध्यक्ष रामहरी घिमिरे, सदस्यहरु शेखर न्यौपाने, डिल्ली घिमिरे, कपिलदेव न्यौपाने र पिताम्बर सञ्जेलको सहभागीता रहेको थियो ।