पोखरा, फागुन १५ गते, विहिबार । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा एक दिवसीय ‘समसामयिक औधोगिक मापदण्ड र दिक्षित विद्यार्थीमा हुनुपर्ने दक्षता’ विषयक कार्यक्रम सम्पन्न भएको छ ।
सहकार्य गर्ने सम्झौता बमोजिम भएको उक्त कार्यक्रममा लक्ष्मी गु्रप अन्तरगत सुजल डेरीका मानव व्यवस्थापन प्रमुख अमृत तिमिल्सीनाले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रमको व्यवस्थापन Employment and Placement Cell का संयोजक शिक्षक सन्तोष भण्डारीले गर्नुभएको थियो ।
कार्यक्रममा स्नातक तहका तेस्रो र चौथो वर्षका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।