पोखरा, माघ १४ गते, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र सुकुना बहुमुखी क्याम्पस, मोरङ विच अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
सुकुना बहुमुखी क्याम्पसका अध्यक्ष केशब अधिकारीले सामुदायिक क्याम्पसले असल पक्षहरु अनुशरण गर्दै जानुपर्ने बताउनु भएको थियो । साथै उहाँले सुकुना क्याम्पसले गुप्तेश्वर क्याम्पसबाट होटेल व्यवस्थापन कार्यक्रमका लागि धेरै कुराहरु सिक्न बाँकी रहेको बताउनु भएको थियो ।

कार्यक्रममा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम सुवेदीले दुवै क्याम्पसका सवल पक्षहरु अनुशरण गरी सामुदायिक क्याम्पसलाई अब्बल बनाउन तर्फ लाग्नु पर्ने कुरा बताउनु भएको थियो । सामुदायिक क्याम्पसका आफ्नै समस्याहरु भएकाले त्यस्ता समस्याहरु समाधान गर्नका लागि एकअर्कालाई सघाउदै अघि बढ्नु पर्ने बताउनु भएको थियो । साथै उहाँले यस क्याम्पसलाई भ्रमणका लागि छनोट गर्नुभएकोमा धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो ।

सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले सुकुना क्याम्पसका भौतिक, शैक्षिक पक्षका बारे आफ्ना कुराहरु राख्नु भएको थियो ।
क्याम्पस प्रमुखद्वय धर्मराज बरालले क्याम्पसका सवल पक्ष, चुनौती, छात्रवृत्ति वितरण प्रकृया, अनुसन्धानका क्षेत्र, क्यू.ए.ए. सम्बन्धी कार्यहरु, पुस्तकालयको पूर्ण प्रयोग, पठन संस्कृतिको विकास, नतिजा उन्मुख योजना सम्बन्धी अनुभवहरु राख्नु भएको थियो ।

कार्यक्रममा उपाध्यक्ष युवराज लामिछानेले स्वागत मन्तव्य राख्दै गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको स्थापनाकालदेखि हालसम्मका अवस्थाबारे जानकारी गराउँनु भएको थियो ।