पोखरा, मंसिर १६ गते, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा गजल तथा कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु विच भएको प्रतिस्पर्धा कार्यक्रममा २१ जना विद्यार्थीहरु सहभागी भएका थिए ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा क्याम्पस प्रमुख धर्मराज बरालले विद्यार्थीहरुका प्रतिभा प्रस्फुटन गर्नका लागि क्याम्पसले पर्याप्त स्थान दिने बताउनु भएको थियो । विद्यार्थीका कविता तथा गजलले आफु मन्त्रमुग्ध भएको बताउनु भएको थियो । प्रमुख अतिथि बरालले विद्यार्थीले अतिरिक्त क्रियाकलाप तथा साहित्यक कार्यमा भाग लिदै आफ्नो शैक्षिक योग्यतालाई वृद्धि गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

कार्यक्रममा गजल वाचन विधा तर्फ ११ जना विद्यार्थीले भाग लिनुभएकोमा सौरभ गिरीले प्रथम स्थान हासिल गर्नुभएको थियो भने प्रतिक्षा लामिछानेले दोस्रो स्थान हासिल गर्न सफल हुनुभएको थियो । त्यसै गरी तेस्रो स्थान स्मृति थापा ले हासिल गर्नुभएको थियो भने सान्त्वना हुन प्रविण पोख्रेल सफल हुनुभएको थियो ।

कविता वाचन विधा तर्फ १० जना विद्यार्थीले भाग लिनुभएकोमा सागर अधिकारीले प्रथम स्थान हासिल गर्नुभएको थियो भने सगुन परियार र प्रविण धमलाले दोस्रो स्थान हासिल गर्न सफल हुनुभएको थियो । त्यसै गरी तेस्रो स्थान दिप्ती परीयारले हासिल गर्नुभएको थियो भने सान्त्वना हुन बसन्त चौलागाई सफल हुनुभएको थियो ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख मोहन भण्डारी र इ.सि.ओ कार्यक्रम संयोजक दुर्गानाथ पौडेलले समेत गजल वाचन गर्नुभएको थियो ।

निर्णायक मण्डलको संयोजकका रुपमा जमुना अर्याल, सदस्यद्वय रामजीप्रसाद पौडेल र विद्या रेग्मी रहनु भएको थियो ।
इ.सि.ओ. कार्यक्रम संयोजक दुर्गानाथ पौडेलको संयोजकत्वमा भएको कार्यक्रमको संयोजन शिक्षक रामजीप्रसाद पौडेलले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक योगराज शर्माले गर्नुभएको थियो ।