पोखरा, भाद्र ५ गते । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा तीज गित प्रतियोगिता सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु विच गराइएको प्रतियोगितामा सात समुहले भाग लिएका थिए ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहनु भएका क्याम्पस प्रमुख धर्मराज बरालले यस्ता प्रतियोगिताले विद्यार्थीसँग भएको प्रतिभाहरु प्रस्फुटन गर्न सहयोग हुने बताउनदै उहाँले विद्यार्थीले अध्ययनका साथै आफ्ना प्रतिभाहरुलाई उजागर गर्दै जानुपर्ने कुरा बताउनु भएको थियो ।
उक्त तिज गीत प्रतियोगितामा प्रथम हुन सफल वि.एड्. तेस्रो वर्षका प्रतिमा गिरीको समुह भएको थियो भने दोस्रो स्थान वी.वी.एस. चौथो वर्षका नम्रता क्षत्रीको समुह सफल भएको थियो । त्यसै गरी तेस्रो स्थान प्राप्त गर्न वी. एड् चौथो वर्षको आचल बरालको समुह र वी.वी.एस. चौथो वर्षका आरती ढकालको समूह सफल भएको थियो भने सान्त्वना वी.एड् चौथो वर्षका सुरक्षा पौडेल र वी.वी.एस. चौथो वर्षका प्रवेश ढकालको समुह भएको थियो । प्रोत्साहन पुरस्कार वी.वी.एस. तेस्रो वर्षका यामबहादुर रोकाको समुहले प्राप्त गर्न सफल भएको छ ।
प्रतियोगिताको निर्णायक समितिमा संयोजक शिक्षक जमुना अर्याल तथा सदस्यद्वय मनोरन्ज शर्मा र विद्या रेग्मी रहनु भएको थियो ।
कार्यक्रम इ.ओ.सि. संयोजक दुर्गानाथ पौडेलको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक योगराज शर्माले गर्नुभएको थियो ।