पोखरा, असार १७ गते, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरा र नेसफिल्ड इन्टरनेशनल कलेज, ललितपुर विच सहकार्यको सम्झौता भएको छ ।
प्राज्ञिक ज्ञान, शैक्षिक सिप र अनुसन्धानमुलक क्रियाकलापहरु पारस्परिक हितको लागि सहकार्य गर्ने तथा क्याम्पसका स्रोतहरु उपयोग गर्ने उद्देश्यले उक्त सम्भौता भएको थियो ।
शैक्षिक कार्याशाला एवम् अनुसन्धान सहकार्य, प्राज्ञिक सूचना, सामग्री र आवधिक लेखरचनाहरुको प्रकाशन साथै आदान प्रदान, पुस्तकालय व्यवस्थापनमा सहकार्य, सरोकारवालाहरुको उत्तरदायित्व, Faculty Exchange, गुणस्तर अभिवृद्धि जस्ता विषयमा दुवै संस्था विच सहकार्य गर्ने सम्झौता भएको छ ।
सम्झौता पत्रमा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख धर्मराज बरालले दस्तखत गर्नुभएको थियो भने उक्त कलेजका सहायक प्रिन्सिपल कमलबहादुर खत्रीले दस्तखत गर्नुभएको थियो । उक्त कार्यक्रममा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको तर्फबाट सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदी र आइ.क्यू.ए.सी. प्रमुख राजकुमार सुवेदीको सहभागीता रहेको थियो ।