पोखरा, असार १ गते, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको लागि सञ्चालन गरिएको उक्त कार्यक्रममा विद्यार्थीले आफ्नो दातका परीक्षण गराउनु भएको थियो । कार्यक्रममा पैरवी हेल्थ एण्ड डेन्टल केयर सेन्टर प्रा.लि., पोखराको प्राविधिक सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
क्याम्पस प्रमुख धर्मराज बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उहाँले विद्यार्थीले आफ्नो शैक्षिक गतिविधिसँगै शारिरिक व्यायाम र स्वास्थ्यबारे ख्याल गर्नुपर्ने बताउनु भएको थियो ।

पैरवी हेल्थ एण्ड डेन्टल केयर सेन्टर प्रा.लि.का डा. नमुना घिमिरेले सहजीकरण गर्दै दातको सुरक्षा कसरी गर्ने भन्ने विषयमा आफ्नो कुराहरु राख्नु भएको थियो । उक्त संस्थाका तर्फबाट प्रशासनिक तथा प्राविधिक समुहतर्फ इन्दु अर्याल, मोनिका परियार, एन्जिला तिवारी र सुपिया थापाको सहभागीता रहेको थियो ।
इ.ओ.सी. प्रमुख दुर्गानाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षिका जमुना अर्यालले गर्नुभएको थियो ।