पोखरा, वैशाख २६ गते, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरा र निलकण्ठ बहुमुखी क्याम्पस, धादिङ विच सहकार्यको सम्झौता भएको छ ।
प्राज्ञिक ज्ञान, शैक्षिक सिप र अनुसन्धानमुलक क्रियाकलापहरु पारस्परिक हितको लागि सहकार्य गर्ने उद्देश्यले उक्त सम्भौता भएको थियो ।

शैक्षिक कार्याशाला एवम् अनुसन्धान सहकार्य, प्राज्ञिक सूचना, सामग्री र आवधिक लेखरचनाहरुको प्रकाशन साथै आदान प्रदान, पुस्तकालय व्यवस्थापनमा सहकार्य, सरोकारवालाहरुको उत्तरदायित्व,Faculty Exchange, गुणस्तर अभिवृद्धि, भ्रमण जस्ता विषयमा दुवै संस्था विच सहकार्य गर्ने सम्झौता भएको छ ।

सम्भौता पत्रमा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख धर्मराज बरालले दस्तखत गर्नुभएको थियो भने उक्त क्याम्पसका सहायक क्याम्पस प्रमुख मोहन भण्डारीले संयोजन गर्नुभएको थियो । त्यसै गरी निलकण्ठ बहुमुखी क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख नवराज शर्माले दस्तखत गर्नुभएको थियो भने सोहि क्याम्पसका सहायक क्याम्पस प्रमुख देवीप्रसाद अधिकारीले संयोजन गर्नुभएको थियो ।